छिल्लीकोट भ्यु टावरमा आन्तरिक पर्यटक बढे « Image Khabar


छिल्लीकोट भ्यु टावरमा आन्तरिक पर्यटक बढे


Imagekhabar
८ पुष २०७७, बुधबार ११:२९

दाङ । तुलसीपुर उपमहानगरपालिका छिल्लीकोटमा भ्यु टावर निर्माण भएसँगै आन्तरीक पर्यटकको चहलपहल बढेको छ ।

कोरोना महामारीका कारण सरकारले लकडाउन गरेसँगै लामो समय अन्तरिक पर्यटकको चहलपहल सुनसान रहेपनि भ्यु टावरसँगै अन्य संरचनाहरु बन्दै गएपछि पर्यटकहरुको आवागमन बढ्न थालेको छ ।

छिल्लीकोटमा तत्काली राजाहरुले प्रयोग गरेको सामानहरु लगायत टुंडिखेल, इन्द्रचोक लगायतको ठाउँ भएकाले पनि आन्तरीक पर्यटकको रोजाइमा परेको छ ।

छिल्लिकोटको टापुबाट दाङ उपत्यकालगायत पहाडी जिल्लाको हिमशृंखको अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्