तराईमा चिसोबाट बच्नका लागि स्थानीय सरकारबाट छैन कुनै तयारी « Image Khabar


तराईमा चिसोबाट बच्नका लागि स्थानीय सरकारबाट छैन कुनै तयारी


Imagekhabar
७ पुष २०७७, मंगलवार १६:२४

वीरगञ्ज, पुस ७ । तराईमा बढेको चिसोका कारण जनजिवन प्रभावित भएपनि संघीय तथा स्थानीय सरकारबाट कुनै पहल गरिएको छ्रैन ।

एक हप्तादेखि बढेको चिसोका कारण जनजिवन प्रभावित हुनुका साथै चिसोले कठ्यांग्रिएर तराईमा मृत्युसमेत हुन थालेको छ ।

पुस महिना शुरु भए यता तराईका जिल्लाहरुमा शितलहरका कारण जनजिवन नराम्ररी प्रभावित भएको छ ।

यता, पर्सा जिल्ला प्रशासन कार्यालयले चालू आर्थिक वर्षमा ४४ लाख रुपैयाँकोे न्यानो कपडा जेष्ठ नागरिकहरुलाई बाँडने निर्णय गरेको छ ।

यस्तै, डिभिजन वन कार्यालय रौतहटसँग दाउरा माग गरिएको पनि प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्