१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो


0
Shares

काठमाडौं, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवस सोमबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।

‘शिक्षा र उद्यमशीलता’ भन्ने नाराका साथ राष्ट्रिय युवा परिषद् नेपालले सो दिवस मनाएको हो ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका नेता ऐन महर र पूर्वमिस नेपाल माल्भिका सुब्बालगायतले शिक्षामा पहुँच बढाएर युवाहरुलाई उद्यमशीलतातर्फ प्रेरित गर्नुपर्ने बताए ।

युवा दिवसकै अवसरमा र्‍याली तथा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो ।

नेपालमा सन् २००४ देखि हरेक वर्ष अगस्ट १२ तारिखमा यो दिवस मनाउन थालिएको हो ।