Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


सर्वोच्च बारको अध्यक्षमा शाक्य विजयी, कार्यसमितिमा लोकतान्त्रिक प्यानलको वर्चस्व


0
Shares

Purnaman Shakya win in Nepal bar supreme court

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी हुनुभएको छ ।

उहाँले २९५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गर्नुभएको छ ।

वरिष्ठ अधिवक्ता शाक्यले बृहत् लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवासायी समूहको नेतृत्व गर्नुभएको थियो भने वरिष्ठ अधिवक्ता खनालले प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व गर्नुभएको थियो ।

उपाध्यक्षमा भने प्रगतिशील प्यानलबाट मुकुन्दप्रसाद पौडेल विजयी भएका छन् । पौडेलले लोकतान्त्रिकबाट प्रत्याशी रहेका नमराज रिजाललाई ३० मतान्तरले पराजित गर्नुभएको हो ।

लोकतान्त्रिक प्यानलकै तर्फबाट सचिवमा ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोदकुमार कार्की र महिला सदस्यमा अमिता गौतम पौडेल विजयी ह्न्भएके छ ।

सदस्यहरुमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, मिराज श्रेष्ठ, डा रामहरि त्रिपाठी र निर्मला भण्डारी विजयी हुनुभएको छ ।