आजबाट जोर-बिजोर प्रणाली अन्त्य « Image Khabar


आजबाट जोर-बिजोर प्रणाली अन्त्य


Imagekhabar
३ पुष २०७७, शुक्रबार ०७:१९

काठमाडौं, पुस ३ । काठमाडौं उपत्यकामा सवारी साधनमा लगाईएको जोर बिजोर प्रणाली शुक्रबार (आज) देखि हटेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले यातायातका साधन संचालनमा लागू गरिएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

प्रशासन, सुरक्षा निकाय, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच बिहीबार भएको छलफलपछि जोर बिजोर प्रणाली हटाउने निर्णय गरिएको काठमाडौका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जोर बिजोर प्रणाली लागु हुँदा स्वास्थ्य प्रोटोकल पालना गर्न समस्या पर्दै गएकोमा अब त्यो समस्या नहुने बताउनुभयो ।

उहाँले यातायात मजदुर र यात्रुहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।

कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि भन्दै प्रशासनले विगत चार महिनादेखि यातायातका साधन संचालनमा जोर बिजोर प्रणाली लागू गर्दै आएको थियो ।

यातायात व्यवसायी र मजदुरहरुले आजबाट सरकारी बन्देज उल्लंघन गर्ने निर्णय गरेपछि प्रशाशन दबाबमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्