दुई पटक म्याद थप्दा पनि बनेन गोरखा दरबार « Image Khabar


दुई पटक म्याद थप्दा पनि बनेन गोरखा दरबार


Imagekhabar
२ पुष २०७७, बिहीबार १२:०८

काठमाडौं । दुई पटक म्याद थप गर्दा पनि गोरखा दरबारको पुनः निर्माण हुन सकेको छैन ।

निर्माण सम्पन्न गर्नुपर्ने समय सकिएको लामो समयसम्म पनि पुनः निर्माणले गति लिन नसक्दा निर्माण कार्य नै अन्योलमा परेको छ ।

अहिलेसम्म गोरखा दरबारको करीव ६५ प्रतिशतमात्र काम सम्पन्न भएको छ ।

सुरुमा काठको अभाव देखाउँदै पुरातत्व विभागले निर्माणमा ढिलाइ गरे पनि पछिल्लो समय कोरोनाको त्रास देखाउँदै पुनः निर्माणको काम हुन सकेको छैन् ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको पचली शिवा जेभीले पुनः निर्माणमा ढिला गरेको स्थानीयले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्