उखु किसानको पैसा नदिने श्रीराम सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी « Image Khabar


उखु किसानको पैसा नदिने श्रीराम सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी


Imagekhabar
२ पुष २०७७, बिहीबार १२:०१

काठमाडौं । तीन वर्षदेखि उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको रौतहटको श्रीराम सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा, विशाल अग्रवाल र पदमकान्त झाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

रौतहट प्रहरीको परिपत्र अनुसार उनीहरुको काठमाडौंमा खोजी भइरहेको प्रहरीले बताएको छ ।

आन्दोलनमा उत्रिएका उखु किसानसँग गतवर्ष सरकारले गरेको सम्झौता अनुसार भुक्तानी नपाएको भन्दै अहिले पनि किसान आन्दोलनमा छन् ।

श्रीराम सुगर मिलले किसानको करोडौं रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

गृह मन्त्रालयले किसानको पैसा नदिने सुगर मिल सञ्चालकविरुद्ध कारबाही अगाडि बढाउन सम्बन्धित जिल्ला प्रशासनले निर्देशन दिएपछि प्रहरी सक्रिय भएको हो ।

प्रतिक्रिया दिनुहोस्