पाँच वर्षभित्र नेपालले ‘मिस वर्ल्ड’ को ताज जित्छः मिस नेपाल वर्ल्ड श्रेष्ठ(भिडियोसहित) « Image Khabar


पाँच वर्षभित्र नेपालले ‘मिस वर्ल्ड’ को ताज जित्छः मिस नेपाल वर्ल्ड श्रेष्ठ(भिडियोसहित)


Imagekhabar
२ पुष २०७७, बिहीबार ११:०३

काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०२०’ नम्रता श्रेष्ठले अबको ५ वर्ष भित्र नेपालले मिस वल्र्डको ताज जित्ने बताउनु भएको छ ।

यसअघिका मिस नेपाल वर्ल्डहरुले एउटा आधार निर्माण गरिदिएकाले अबको पाँच वर्षमा नेपालले मिस वल्र्डको ताज जित्न सक्ने उहाँले बताउनु भएको हो ।

इमेज टेलिभिजनसँग कुरा गर्दै श्रेष्ठले आफूले पनि ताज जित्नका लागि सक्दो प्रयास गर्ने पनि बताउनु भयो । स्रोत साधनमा कमी भएका कारण मिस वल्र्डमा नेपालले भनेजस्तो प्रतिनिधित्व गर्न नसकेको उहाँको दावी छ ।

अबका दिनमा सरकारी स्तरबाटै सहयोग पाएर मिस वल्र्डमा प्रतिनिधित्व गर्न सके अझै राम्रो गर्न सकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्