पछिल्लो २४ घण्टामा ७३६ संक्रमित, ८४७ संक्रमणमुक्त, १३ जनाको मृत्यु « Image Khabar


पछिल्लो २४ घण्टामा ७३६ संक्रमित, ८४७ संक्रमणमुक्त, १३ जनाको मृत्यु


Imagekhabar
१ पुष २०७७, बुधबार १६:३९

काठमाडौं, पुस १ । नेपालमा पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ ।

हाल देशभर ९ हजार ७५७ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्