६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


गुडिरहेका गाडी थन्क्याएर नयाँ किन्ने होड


0
Shares

काठमाडौं, साउन २१ । संघीय संसद सचिवालयले दर्जनौं सद्दे सवारी साधन बिग्रिएको देखाएर करोडौं मूल्यमा १८ वटा नयाँ गाडी खरिद गरेको खुलासा भएको छ ।

सचिवालयमा भएका गाडी थन्क्याएर नयाँ किन्दा राज्यलाई १० करोड रुपैयाँ बढीको व्ययभार थपिएको छ ।

सरकारले आर्थिक मितव्ययिताको नीति अवलम्बन गरिएको बताउँदै आए पनि संसद सचिवालयले भने सो नीतिको खिल्ली उडाउँदै महँगो मूल्यमा स्कार्पियो गाडी खरिद गरेको हो । सचिवालयका अनुसार पछिल्लो पटक प्रतिगाडी झन्डै ६५ लाख मूल्य तिरिएको छ ।

सचिवालय परिसरमा सय बढी सवारीसाधन थन्क्याएर राखिएको छ भने बर्सेनि महँगा गाडीहरु थप्ने क्रम जारी छ । –राजधानी दैनिकबाट