२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


सिन्धुपाल्चोकमा अस्पताल शिलान्यास


13
Shares

सिन्धुपाल्चोक, मंसिर १५ । सिन्धुपाल्चोकमा सोमबार एकैचोटी चारओटा अस्पतालको शिलान्यास गरिएको छ ।

मेलम्चीमा १५ शय्या रहने अस्पताल भवन १८ करोड रुपैयाँको लागतमा दुई वर्षभित्र निर्माण भइसक्ने जनाइएको छ ।

अस्पतालमा एकजना विशेषज्ञ डाक्टरसहित २२ जनाको दरबन्दी रहनेछ । हाल जिल्लामा पाँचओटा प्राथमिक स्वास्थ्य केन्द्रहरु छन ।

मेलम्ची नगर अस्पताल भवनको मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले शिलान्यास गर्नुभयो ।

बलेफी गाउँपालिकाको जलवीरेमा, मेलम्ची नगरपालिकाको मेलम्चीमा, लिंसखुपाखर गाउँपालिकाको डाँडापाखरमा र जुगल गाउँपालिकाको बराम्चीमा अस्पताल शिलान्यास गरिएको हो ।

यता, इन्द्रावतीमा नवलपुर अस्पताललाई नै आधारभूत अस्पतालको रुपमा विकास गरिने भएको छ ।