Logo २४ भाद्र २०८३, बुधबार | Thu Sep 10 2026


कक्षा १२ को परीक्षा हेर्न जाँदा शिक्षिकको मृत्यु


0
Shares

डोटी, मंसिर १४ । जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आइतबार बिहान अकस्मात मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन विद्यालय नजिक पुग्दै गर्दा एक्कासि बेहोस भएर उहाँ ढल्नुभएको थियो ।

बेहोस हुनुभएकी निज शिक्षिकालाई उपचारका लागि जोरायल गाउँपालिकाको रावतकट्टेमा रहेको जोरायल फार्मेसीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।

मृतक शाहु २०७६ वैशाखदेखि बालविकास सहजकर्ताका रुपमा सो विद्यालयमा कार्यरत रहनुभएको शिक्षक मीनबहादुर रोकायाले जानकारी दिनुभयो ।

उहाँका एक श्रीमान् र दुई छोरी छन् ।