प्रदेशसभा सदस्यको दशैँ भत्ता आविष्कार केन्द्रलाई « Image Khabar


प्रदेशसभा सदस्यको दशैँ भत्ता आविष्कार केन्द्रलाई


Imagekhabar
१२ मंसिर २०७७, शुक्रबार ०९:२५

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गर्नुभएका दुई सदस्यले दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गर्नुभएको छ ।

कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गर्नुभएका रजनी अमात्य र विजया केसीले बिहीबार केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

उहाँहरुले दशैँ भत्तावापत पाउने ५२ हजार २०० का दरले दुई जनाको एकमुष्ट एक लाख चार हजार ४०० हस्तान्तरण गर्नुभयो ।

कोरोना महामारीका कारण मुलुक आक्रान्त भइरहेको अवस्थामा दशैँ भत्ता लिनु उपयुक्त नभएकाले मुलुकको विकासका लागि काम गरिरहेको आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको सदस्यद्वयको भनाइ छ ।

यसअघि कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घलेले आफ्नो दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्