न्युजिल्याण्ड भ्रमणमा रहेका पाकिस्तानका ६ क्रिकेट खेलाडीमा कोरोना, पूरै टिम आईसोलेसनमा « Image Khabar


न्युजिल्याण्ड भ्रमणमा रहेका पाकिस्तानका ६ क्रिकेट खेलाडीमा कोरोना, पूरै टिम आईसोलेसनमा


Imagekhabar
१२ मंसिर २०७७, शुक्रबार ०७:०८

काठमाडौं । न्युजिल्याण्ड भ्रमणमा रहेको पाकिस्तानी क्रिकेट टिमका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

न्युजिल्याण्ड क्रिकेट बोर्डले एक विज्ञप्ति निकाल्दै पाकिस्तानका ६ जनामा कोरोना देखिएको जनाएको छ । संक्रमितहरुको नाम भने खुलाइएको छैन ।

खेलाडीसहितको ५३ सदस्यीय पाकिस्तानी टिम मंगलबार न्युजिल्याण्ड पुगेको थियो । त्यसपछि सबैको कोरोना परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो ।

संक्रमितहरुलाई क्वारेन्टीनमा पठाइएको छ भने बाँकी सबैलाई आइसोलेसनमा राखिएको छ । पाकिस्तानले न्युजिल्याण्ड भ्रमणका क्रममा ट्वेन्टी ट्वेन्टी र टेस्ट श्रृंखला खेल्नेछ ।

दुई देशबीचको टी–ट्वेन्टी श्रृंखला डिसेम्बर १८ बाट सुरु हुनेछ । न्युजिल्याण्डमा कोरोना संक्रमण नियन्त्रणमा छ ।

त्यहाँ हालसम्म २ हजार ४० जनामा संक्रमण पुष्टि भएको छ भने २४ जनाले ज्यान गुमाएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्