१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


कैलाली भन्सारमा राजस्व वृद्धि


0
Shares

काठमाडौं, मंसिर ११ । कैलाली भन्सार कार्यालय धनगढीले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयकाअनुसार लक्ष्यभन्दा १०.९५ प्रतिशत बढी राजस्व संकलन भएको हो ।

पहिलो चौमासिक अर्थात् कात्तिक मसान्तसम्म दुई अर्ब ७६ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले बताएको छ ।

कार्यालयले पहिलो चौमासिकमा दुई अर्ब ४९ करोड ४५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

कार्यालयका कम्प्युटर अपरेटर यज्ञराज जोशीले यो अवधिमा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको बताउनुभयो ।

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यको १९ प्रतिशत, भदौ महिनामा ११ प्रतिशत, असोजमा ७ प्रतिशत र कात्तिक महिनामा ८ प्रतिशत बढी राजस्व संकलन भएको छ ।

यस्तै, पहिलो चौमासिकमा वार्षिक लक्ष्यको ३५ प्रतिशत राजस्व संकलन भएको पनि जोशीले बताउनुभयो ।

पेट्रोलियम पदार्थ, खाद्यवस्तु र मेसनरी सामानबाट बढी राजस्व संकलन भएको छ ।

यही हाराहारीमा राजस्व संकलन भए वार्षिक लक्ष्यभन्दा पनि बढी राजस्व उठने कार्यालयको दाबी छ ।

यो कार्यालयले चालू आर्थिक वर्षमा सात अर्ब ८७ करोड बराबर राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।