२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपालका कारागारमा पनि ‘भिडियो कन्फरेन्स’मार्फत् कैदीबन्दीले पेसी लिन पाउने


0
Shares

काठमाडौं, साउन १५ । अन्तर्राष्ट्रिय मान्यताअनुसार नेपालका कारागारहरुमा पनि ‘भिडियो कन्फरेन्स’मार्फत् कैदीबन्दीले पेसी लिन पाउने भएका छन् ।

केन्द्रीय कारागार, भद्र बन्दीगृह र महिला कारागारका कैदीबन्दीलाई सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनबाट पेसीका लागि न्यायाधीशले सीधै प्रश्न सोध्न पाउने भएका हुन् ।

यसका लागि तयारी पूरा भएको केन्द्रीय कारागारका प्रमुख वेदनिधि अधिकारीले जानकारी दिए ।

यो प्रविधि लागू भएपछि कुनैपनि कैदीबन्दीलाई अदालत लैजाने झन्झट नरहने कारागार प्रमुख अधिकारीको भनाइ छ ।

भैरहवा कारागारमा यो सेवा सुरु भइसकेको छ ।

यसैबीच, महिला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका कारण आफूहरुलाई समस्या भएको महिला कैदीहरुको भनाइ छ ।

महिला कारागारमा रहेका कैदीहरुमा अधिकांश लागुऔषध बेचबिखन र कर्तव्य ज्यानका रहेका छन् ।