प्रदेश १ मा ५६० संक्रमित डिस्चार्ज • Image Khabar Image Khabar


प्रदेश १ मा ५६० संक्रमित डिस्चार्ज


रासस
४ मंसिर २०७७, बिहीबार १९:५४

प्रदेश १ मा ५६० संक्रमित डिस्चार्ज

विराटनगर, मंसिर ४ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल र होम आइसोलेशनबाट ५६० कोरोना सङ्क्रमित निको भई घर फर्केका छन् ।

निको हुनेको सङ्ख्या अहिलेसम्म १९ हजार ७८७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेशमा सोही अवधिमा गरिएको ८३३ जनाको पिसिआर परीक्षणमा ९९ महिलासहित २१८ सङ्क्रमित थपिएका छन् ।

सङ्क्रमितमा मोरङमा ८६ मध्ये विराटनगरमा ६८, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, सङ्खुवासभामा चार, इलाममा तीन, उदयपुरमा दुई, धनकुटा र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका १२ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा हालसम्म सङ्क्रमितको सङख्या २४ हजार ७३४ पुगेको छ ।

प्रदेशमा अहिलेसम्म एक लाख ८१ हजार ३६३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्