काठमाडाैं। जिल्ला प्रहरी कार्यालय सल्यानले १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी कार्यालयले जिल्लाको दार्मा गाउँपालिका–४ निवासी ५५ वर्षीय रुद्रबहादुर चन्दलाई जबर्जस्ती करणीसम्बन्धी कसुरमा पक्राउ गरिएको जनाएकाे हाे । उक्त घटना २०८२ चैत १६ गते दार्मा गाउँपालिकास्थित एक खोल्सामा भएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
आरोपित चन्दलाई सोमबार पक्राउ गरी सल्यान जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्