Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


रोल्पामा पहिरोले पुरिएर २ जना महिलाको मृत्यु, एक पुरूष घाइते


13
Shares

काठमाडाैं । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा पहिरोमा पुरिँदा २ जना महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले पहिरोमा परी एक पुरुष घाइते भएकाे जनाएकाे हाे। शनिबार दिउँसाे गएको पहिरोमा परेर गाईबाख्रा चराउँदै रहेका स्थानीय ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगर पुरिएका थिए । स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा शनिबार साँझ दुवै जनाको शव पहिरोबाट निकालिएको हो।

घटनामा ६० वर्षीय कुले घर्ती मगर घाइते भएका छन्। उनको उद्धार गरी उपचारका लागि सेरम स्वास्थ्य चौकी पठाइएको प्रहरीले जनाएकाे छ। पहिरोमा चार वटा बाख्रा र दुई वटा गाई समेत पुरिएका थिए। ती चौपायालाई पनि बाहिर निकालिएको प्रहरीले जनाएको हाे।

Skip This