१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


१२ वर्ष अघि हत्या गरी फरार भएका लामा पक्राउ


0
Shares

काठमाडौं, साउन १२ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १२ बर्ष अघि हत्या गरी फरार रहेका व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

ब्यूरोले २०६४ साल पुष २७ गते ललितपुर इमाडोलकी तारा भनिने सुनिता लामाको छुरा प्रहार गरी हत्या गर्ने राजेश लामालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । सीआईबी प्रमुख डिआईजी निरज बहादुर शाहीले काभ्रेपलाञ्चोकका राजेशलाई यही साउन १० गते काठमाडौंबाट पक्राउ गरिएको बताए ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका राजेश र सुनिताबीच विवाहको विषयलाई लिएर विवाद भएको थियो । राजेशले विवाहको प्रस्ताव राख्दा सुनिताले अस्वीकार गरेका कारण उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिआईजी शाहीले बताए ।

हत्या लगत्तै हेटौंडामा लुक्दै बसेका राजेश सात महिनापछि भने काठमाडौं आई घरमा रंगरोगनको काम गर्न थालेका थिए ।