Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


आफैँले पालेको राँगाले हान्दा एक जनाको मृत्यु


0
Shares

डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय चक्र साउदको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शनिबार राँगोले हान्दा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा गए राति शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा मृत्यु भएको हो ।

मृतक साउदको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा लगिएको प्रहरीले जनाएको छ । राँगाले हान्दा उहाँको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । रासस