Logo १५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026


सडक चौपायाहरुलाई ‘रेडियम बेल्ट’


0
Shares

डडेल्धुरा, कात्तिक २९ । रात्रिकालिन समयमा सडक चौपायहरुबाट हुने सडक दुर्घटना न्यूनिकरणका लागि डडेल्धुराका युवाहरुले चौपायाहरुलाई रेडियम बेल्ट लगाइदिएका छन ।

गाई तथा कुकुर तिहारको अवसरमा सामाजिक संस्था नयाँ युवा नयाँ सोच नामक क्लबसंग आवद्ध युवाहरुले सडकमा छाडा रहेका गाईबस्तु तथा कुकुरहरुलाई रात्रीमा चम्किने रेडियम लाईट बेल्ट लगाएर सडक सुरक्षित बनाउने अभियान शुरु गरेका हुन ।

सदरमुकामको मुख्य बजार बागबजार देखि पोखरा बजार सम्मको सडक आसपासका सडक चौपायाहरुलाई व्यबस्थित गर्न र पशु अधिकारलाई संरक्षण गर्न डडेल्धुराका युवाहरुले अभियान संचालन गरेको क्लबले जनाएको छ ।

रेडियम बेल्टबाट रात्रिकालिन सडक दुर्घटना कम हुने बिश्वास गरीएको छ ।