मैत्रिपूर्ण फुटबलमा इंग्ल्याण्डले आयरल्याण्डलाई हरायो • Image Khabar Image Khabar


मैत्रिपूर्ण फुटबलमा इंग्ल्याण्डले आयरल्याण्डलाई हरायो


Imagekhabar
२८ कार्तिक २०७७, शुक्रबार १०:०५

मैत्रिपूर्ण फुटबलमा इंग्ल्याण्डले आयरल्याण्डलाई हरायो

काठमाडौं । मैत्रिपूर्ण फुटबलमा इंग्ल्याण्डले आयरल्याण्डलाई ३–० ले हराएको छ ।

लण्डनको वेम्बले रंगशालमा गएराति भएको खेलमा घरेलु टोली इंग्ल्याण्डलाई विजयी गराउन ह्यारी म्याग्वेर, जेडन सान्चो र डोमिनिक काल्भर्ट लेविनले एक एक गोल गरे ।

उता, स्कटल्याण्ड, हंगेरी, स्लोभाकिया र उत्तरी मेसेडोनिया युरो कप फुटबलका लागि छनौट भएका छन् ।

गएराति भएका प्ले अफ् खेलहरुमा जित निकाल्दै यी चार राष्ट्रले अर्को वर्ष हुने युरोकप फुटबलमा ठाउँ बनाएका हुन् ।

प्ले अफ् खेलमा स्कटल्याण्डले सर्वियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दा हंगेरिले आइसल्याण्डलाई २–१ ले, स्लोभाकियाले नर्दन आयरल्याण्डलाई २–१ ले तथा उत्तरी मेसेडोनियाले जर्जियालाई १–० ले हराएका छन् ।

यही वर्ष हुनुपर्ने युरोकप फुटबल कोरोना महामारीका कारण अर्को वर्षका लागि सारिएको हो । अर्को वर्ष भएपनि प्रतियोगिताको नाम भने ‘युरोकप २०२०’ नै हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्