२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


विश्व शान्तिको कामना गर्दै आमादब्लम हिमालको सफल आरोहण


0
Shares

सोलुखुम्बु । कोरोना महामारीकै बीच पांच जनाको समुहले सोलुखुम्बुको आमादब्लम हिमालको सफल आरोहण गरेको छ ।

हिमालय गाइड्स नेपालबाट गएका उनीहरुले ६ हजार ८ सय १२ मिटर अग्लो आमादब्लमको सफल आरोहण गरेका हुन् ।

टोलीले शिखरमा विश्व शान्तिको कामना गरेका थिए । महामारीकै बीच पनि पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्न हिमाल आरोहण गरिएको आमादब्लम युवा क्लब पाङबोचेका अध्यक्ष कुङ्गाग्याजु शेर्पाले बताउनुभयो ।