 
	    काठमाडौं, साउन ८ । राष्ट्रियसभाका सांसदहरुले तराईमा वर्षेनि हुने बाढी तथा डुबानको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले वर्षेनि बाढी, डुबान र पहिरोले जनधनको ठूलो क्षति हुने गरेको भन्दै दीर्घकालीन समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद जितेन्द्रनारायण देवले समस्यालाई सधैं राजनीतिकरण गरी पन्छाउने काम गरिएकाले मुलुक सधैं प्राकृतिक विपद्को मारमा पर्ने गरेको भन्दै विपद् न्यूनीकरणका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद दिलकुमारी रावल पार्वतीले प्राकृतिक प्रकोपको न्यूनीकरणका लागि पूर्वतयारी र पूर्वसूचना प्रणालीको व्यवस्था गर्दै जोखिममा रहेका बस्ती स्थानान्तरणको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।
सांसद सुमनराज प्याकुरेलले बाढी, पहिरो र डुबानको समस्या सम्बोधनका लागि चुरेदोहन रोक्ने र क्रसर उद्योग खोल्ने काममा रोक लगाउनुपर्ने बताए ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले प्रमाण दोस्रो संशोधन विधेयक २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेस गरेका थिए ।
राष्ट्रियसभाको अर्को बैठक आउँदो आइतबार दिउँसो १ बजे बस्नेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्