
काठमाडौं, जेठ ३० । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पछिल्लो समय साढे ३३ किलो सुन तस्करीकान्डका अभियुक्तहरु ‘गोरे’ भनिने चूडामणि उप्रेती, भुजुङ गुरुङ र ‘डेबिट’ भनिने छिरिङ गुरुङको सम्पत्तिमाथि छानबिन थालेको छ ।
बुधबार हामीसँग कुरा गर्दै विभागका निर्देशक विनोद लामिछानेले कुनै व्यक्ति वा संस्थाको उजुरीका आधारमामात्रै नभइ गोप्य सूचनाको आधारमा पनि विभागले अनुसन्धान गर्दै आएको जानकारी दिए ।
छानबिनकाक्रममा स्रोत नखुलेको तथा अपराध गरी कमाएको धन–सम्पत्ति जफत गरिने उनले बताए ।
विभागले कसुरजन्य सम्पत्तिको रोक्का, जफत र नियन्त्रण ऐन २०७० अनुसार कार्य अघि बढाइरहेको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्