Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


कुनै हालतमा नेकपा फुट्दैन : मन्त्री श्रेष्ठ


0
Shares

काठमाडौं, कात्तिक २२ । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनैपनि हालतमा नफुट्ने बताउनुुभएको छ ।

नेकपा बल्खु टेकुसी परिवारले शनिबार दीपावलीलगायत अन्य पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वामपन्थी आन्दोलनको लामो इतिहासका साथै ठूला दुुई शक्तिशाली पार्टीको एकताबाट निर्माण भएको सो पार्टीमा अहिले देखापरेका केही समस्या शीर्ष नेतृत्वले समाधान गर्ने विश्वास व्यक्त गर्नुुभयो ।

उहाँले भन्नुुभयो–‘सात दशकअघि मुलुकमा प्रजातन्त्र प्राप्त भएपछि गठन भएका कुनैपनि सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्न सकेनन् । त्यसबाट उत्पन्न भएको अस्थिरताले देशको विकास निर्माणमा अवरोध आयो ।’

राजनीतिक स्थायित्व कायम गरी मुलुकमा सुशासन र समृद्धि प्राप्त गर्ने आधारमा भएको एकता कसैले चाहँदैमा विभाजन नहुने उहाँले बताउनुुभयो ।

मन्त्री श्रेष्ठले जनताको हितलाई केन्द्रमा राखेर पार्टी संगठनका कार्यलाई समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुुभयो ।

हरिकान्त पाठकको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्त्री श्रेष्ठको अभिनन्दनसमेत गरिएको थियो ।

काठमाडौं महानगरपालिका–१४ का वडाध्यक्ष शोभा सापकोटाले विकास निर्माणका कार्यमा ठेकेदारबाट हुने ढिलासुस्ती तथा भ्रष्टाचारका कार्यलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुुभयो ।