सिन्धुली रानीवास वनमा वन्यजन्तुुहरुको चोरी शिकारी बढ्यो • Image Khabar Image Khabar


सिन्धुली रानीवास वनमा वन्यजन्तुुहरुको चोरी शिकारी बढ्यो


Imagekhabar
२२ कार्तिक २०७७, शनिबार ०८:४०

सिन्धुली रानीवास वनमा वन्यजन्तुुहरुको चोरी शिकारी बढ्यो

सिन्धुली । सिन्धुलीको कमलाखोच क्षेत्रको रानीवास वनमा वन्यजन्तुुहरुको चोरी शिकारी बढेको छ ।

दशै–तिहार जस्ता चाडपर्वको मौका छोपेर तस्करहरुले रानीवासको चुरे वन क्षेत्रमा केही दिन यता मृग, निलगाई, बनेललगायतका वन्यजन्तुको शिकार गर्दै आएका छन् ।

रानीवासको घना जंगलमा जंगली हात्ती, बाघ, भालु, मृग घोरललगायत वन्यजन्तुको वासस्थान रहेको छ ।

केही दिनअघि तस्करको आक्रमणले मारिएको दुर्लभ निलगाई वन कर्मचारीले फेला पारेका थिए ।

वन्यजन्तु चोरी शिकार गर्नेलाई वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम ६ महिनादेखि १५ वर्षसम्म कैद र १० हजारदेखि १० लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्