
काठमाडौं, साउन ७ । सिंगापुरमा जारी आइसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोटमा नेपालले कतारलाई १२३ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाए । कप्तान पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले २३ र सोमपाल कामीले ११ रन बनाए । अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन असफल रहे ।
कतारका लागि इकबाल हुसैनले तीन विकेट लिए । त्यस्तै नोउमन सरवार र तमोर सज्जादले २–२ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्