बागलुङमा डेढ महिनामा १०९ जना फरार प्रतिवादी पक्राउ • Image Khabar Image Khabar


बागलुङमा डेढ महिनामा १०९ जना फरार प्रतिवादी पक्राउ


इमेजखबर
१५ कार्तिक २०७७, शनिबार १७:४१

बागलुङमा डेढ महिनामा १०९ जना फरार प्रतिवादी पक्राउ

बागलुङ, कात्तिक १५ । जिल्ल्ला प्रहरी कार्यालय बागलुङले डेढ महिनाको अवधिमा १०९ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

पक्राउ पर्ने फरार प्रतिवादीमध्ये १०० देखि ५५ लाख रुपैयाँ जरिवानासम्मका अभियुक्त रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभएको छ ।

उनीहरु सात दिनदेखि २० वर्ष कैद भुक्तान गर्न बाँकी रहेका प्रतिवादी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयसँग झन्डै ४०० फरार प्रतिवादीको सूची रहेको छ ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालयले एक महिनामा मात्रै ५० हजारभन्दा बढी गाँजाका बोटहरु र १५ हजार लिटरभन्दा बढी अवैध घरेलु मदिरा नष्ट गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्