२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रहरी र गाँजा तस्करबीच भिडन्त


0
Shares

महोत्तरी, साउन २ । महोत्तरीको एकडारा गाउँपालिका–३, अजमरपट्टिमा मंगलबार राति प्रहरी र गाँजा तस्करबीच भिडन्त भएको छ ।

भिडन्तमा प्रहरीले १३ राउन्ड हवाईफायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

मंगलबार मध्यरातमा एकडारा–३ का २० जना तस्करले पोका बनाएर लागुऔषध गाँजा नेपालबाट भारत तस्करी गर्न लागेको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीसँग तस्करको भिडन्त भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

भिडन्तपछि तस्करहरूले केही गाँजाको पोका छाडेर भागेका थिए । तस्करहरू भागेपछि प्रहरीले उक्त स्थानबाट पाँचओटा पोकामा राखिएको ३३ किलो लागुऔषध गाँजा नियन्त्रणमा लिएको जनाइएको छ ।

भिडन्तमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । रासस