कैलालीमा हत्या गरिएका प्रहरीका परिवारलाई दुई लाख राहत • Image Khabar Image Khabar


कैलालीमा हत्या गरिएका प्रहरीका परिवारलाई दुई लाख राहत


Imagekhabar
६ कार्तिक २०७७, बिहीबार १४:२५

कैलालीमा हत्या गरिएका प्रहरीका परिवारलाई दुई लाख राहत

कैलाली, कात्तिक ६ । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख दिने निर्णय गरेको छ ।

बिहीबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकमा दुवै परिवारलाई २÷२ लाख दिने निर्णय गरिएको हो ।

तत्काल परिवारका सदस्यहरुलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख उनीहरुको सन्तानका लागि खातामा राखिदिने निर्णय गरिएको हो ।

तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रमुखसमेत रहेका गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्