शितगंगा नगरपालिकाका किसानलाई ५१ लाख ८० हजार अनुदान • Image Khabar Image Khabar


शितगंगा नगरपालिकाका किसानलाई ५१ लाख ८० हजार अनुदान


Imagekhabar
५ कार्तिक २०७७, बुधबार ११:३८

शितगंगा नगरपालिकाका किसानलाई ५१ लाख ८० हजार अनुदान

अर्घाखाँची । शितगंगा नगरपालिकाले कृषकहरुको उत्पादन वृद्धिमा सहयोग पु¥याउन अनुदान रकम वितरण गरेको छ ।

सहकारी मार्फत खसी–बाख्रा बजारीकरण गर्न १ सय ४० उद्यमीलाइ ५१ लाख ८० हजार रुपैया अनुदान स्वरुप वितरण गरिएको हो ।

नगरपालिकाले २० लाख रुपैया कृषिजन्य उत्पादनका आधारमा अनुदान दिने गरेको नगरप्रमुख सुर्यप्रसाद अधिकारीले बताउनुभयो ।

अनुदानले किसानको उत्पादन वृद्धि हुने भएकाले उनीहरुको माग अनुसारको कार्यक्रम ल्याउने नगरप्रमुख अधिकारीले बताउनुभयो ।

खसी पाठा जिउँदो तौलका आधारमा सहकारी मार्फत विक्रि गर्ने किसानलाई नगरपालिकाले प्रति किलो ५० रुपैयाका दरले अनुदान वितरण गरेको छ ।

यस्तै लोकल कुखुरा,वंगुरको पाठा र महमा प्रतिकिलो ५० रुपैया र दुधमा प्रति लिटर ५ रुपैया, लोकल अण्डा प्रतिगोटा २ रुपैयाका दरले अनुदान वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्