
बिराज रोस्यारा
कैलाली, साउन २ । कैलालीको लम्कीचुहा नगरपालिका–१, लम्की बजारमा शंकास्पद बस्तु फेला परेको छ ।
लम्कीमा रहेको मेघाश्री उद्योग परिसरमा दुईवटा प्रेसर कुकर शंकास्पद अवस्थामा फेला परेको हो । ती प्रेसर कुकरमा विस्फोटक पदार्थ रहेको आशंका गरिएको छ ।
मंगलबार राति अज्ञात समूहले ती शंकास्पद बस्तु राखेको हुन सक्ने इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख तथा प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।
रातभरि पानी परिरहेको अवस्थामा कति बेला उक्त शंकास्पद बस्तु कसले राख्यो भन्ने खुल्न नसकेकोे प्रहरीले जानकारी दिएको छ । प्रहरीले अहिले उक्त स्थानलाई सुरक्षा दिइरहेको छ ।
शंकास्पद बस्तुको पहिचान गर्न गोरङ्गेस्थित नेपाल सेनाको टोलीलाई खबर गरिसकेको प्रहरी निरीक्षक जोशीले बताए ।
प्रतिक्रिया दिनुहोस्