कांग्रेस रुपन्देहीद्वारा आन्दोलन घोषणा • Image Khabar Image Khabar


कांग्रेस रुपन्देहीद्वारा आन्दोलन घोषणा


इमेजखबर
१७ आश्विन २०७७, शनिबार १८:१८

कांग्रेस रुपन्देहीद्वारा आन्दोलन घोषणा

रुपन्देही, असोज १७ । प्रदेश नम्बर-५ को राजधानी दाङलाई बनाउने सरकारको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस रुपन्देहीले आन्दोलनको घोषणा गरेको छ ।

शनिबार बुटवलमा बसेको पार्टीको बैठकले सरकारको प्रस्तावविरुद्ध आइतबार (भोलि) रुपन्देही बन्द गरी बृहत् प्रदर्शन गर्ने निर्णय गरेको हो ।

सांसदहरुलाई प्रदेशसभा बैठकमा जान नदिने रुपन्देही कांग्रेसले जनाएको छ ।

प्रदेशसभामा शुक्रबार दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव पेस भएको थियो । सो प्रस्तावमा यही असोज १९ गते छलफल गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्