Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


बाढी-पहिरो प्रभावितको हिउँदसम्म व्यवस्थापन : गृहमन्त्री


0
Shares

काठमाडौं, असोज १६ । गृहमन्त्री रामबहादुर थापा बादलले बाढी-पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन हिउँदसम्म गरिसक्ने बताउनुभएको छ ।

अस्थायीरुपमै भएपनि सिन्धुपाल्चोक, बागलुङ, कालिकोटलगायत देशभरि बाढी-पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन छिट्टै गरिने उहाँले बताउनुभयो ।

सिन्धुपाल्चोकका प्रतिनिधिहरुसँग शुक्रबार भएको भेटमा गृहमन्त्री थापाले हिउँद सुरु हुनुअगाडि नै पालमा बसेका नागरिकहरुको व्यवस्थापन गरिने बताउनुभयो ।

‘चिसो बढ्दै जाने समय छ । हिउँद सुरु हुन्छ । अहिले बाढी-पहिरो प्रभावितहरु पालमा बसेका छन्, चिसोमा त्यसले धान्दैन । यसका लागि तत्काल चाल्नुपर्ने स्टेप (कदम) चाल्छौं’-उहाँले भन्नुभयो-‘सकेसमम न्यानो हुने अस्थायी किसिमको बसाइँको व्यवस्था गर्छौं । हिउँदमा चिसोले मानवीय क्षति नहोस् भनेर हामीले ध्यान दिएका छौं ।’

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख गोपाल तामाङले अहिले ३५१ बस्ती जोखिममा रहेको भन्दै अतिजोखिममा रहेका १८ ओटा बस्तीहरु आगामी वर्षको बर्खा सुरु हुनुअघि नै सार्नुपर्ने माग गर्नुभयो ।

यो वर्षको असार २४ गतेबाट भदौ २७ सम्म ११३ जनाको प्राकृतिक विपद्मा परी मृत्यु भएको छ ।