काठमाडाैं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले गत भदाै २३ र २४ गते भएकाे जेनजी आन्दोलन सम्बन्धी घटनामा अनुसन्धान गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्रबाहिर गएर सिफारिस गरेको भन्दै आपत्ति जनाउनुभएको छ।
राष्ट्रियसभाको शुक्रकबारको बैठकमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । अब मानव अधिकार आयोगको कार्यक्षेत्रको बारेमा बहस गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले जेनजी आन्दोलको क्रममा भएको विध्वंशको छानविन गर्न छुट्टै आयोग गठन गर्नुपर्ने बताउनुभयो । उहाँले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा आयोग गठन गरी सुनियोजित रुपमा देश जलागउने कार्यमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने बताउनुभएकाे छ।
सांसद झाँक्रीले सरकार मध्यम वर्ग र विदेशी दलालहरुको मात्र कुरा गरिरहेको आरोप लगाउँदै न्युन आय भएका र गरिबको रेखामुनि भएको समुदाय सरकारविरुद्ध खरो रुपमा उभिनुपर्ने समेत बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्