Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


किसान सूचीकरण प्रणालीमा देशैभरका २६ लाख किसान आबद्ध

बाँकी १५ लाख बढी किसानलाई पनि सूचीकृत गर्ने सरकारकाे तयारी

13
Shares

काठमाडाैं । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशैभरीका २६ लाख किसान आबद्ध भएका छन् ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको जनाएकाे हाे । विद्युतीय प्रणालीमार्फत सूचीकृत गरी किसानलाई चार तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्य अनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभएकाे छ।

मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चारप्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ । वर्गीकरणपश्चात् किसानलाई परिचयपत्र वितरण गरिने जनाएको हाे । सरकारले किसानलाई परिचयपत्रका आधारमा अनुदानसहित रासायनिक मल, बीउ, अनुदान र सेवा व्यवस्थापन लगायत सुविधासहित उपलब्ध गराउने भएको छ।

मन्त्रालयले कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजारको सङ्ख्या रहेकाले बाँकी १५ लाख भन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको जनाएकाे हाे।