नुहाउने क्रममा खोलाले बगाउदा एकै परिवारका पाँचजना बेपत्ता • Image Khabar Image Khabar


नुहाउने क्रममा खोलाले बगाउदा एकै परिवारका पाँचजना बेपत्ता


Imagekhabar
१६ आश्विन २०७७, शुक्रबार १७:५१

नुहाउने क्रममा खोलाले बगाउदा एकै परिवारका पाँचजना बेपत्ता

बाजुरा, असोज १६ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा ५ को कवाडीका एकै परिवारका ५ जना खोलामा बगेर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ब्यपत्ता हुनेमा ३० बर्षिया सत्ता नेपाली उनकी छोरी बर्ष ५ की आरती नेपाली, बर्ष ४ की सन्तोसी नेपाली बर्ष २ का छोरा सम्मान नेपाली र १ बर्षिया छोरी किस्मती नेपाली रहेका छन् ।

शुक्रबार दिउँसो खोलामा नुहाउन गएको बेला खोलामा बगेर उनीहरु वेपत्ता भएको भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले जानकारी दिनुभएको छ ।

बेपत्ता भएका हरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्