Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


डा. केसीको जीवनरक्षाको लागि सार्थक वार्ता गर्न माग


0
Shares

काठमाडौं, असोज १६ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले अनशनरत् डा. गोविन्द केसीको जीवनरक्षाको लागि सार्थक वार्ता गर्न सरकारसँग माग गरेको छ ।

इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर व्यक्तिको जीवनरक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै डा. केसीको जीवनरक्षाका लागि तत्काल सार्थक पहलकदमी लिन सरकारसमक्ष माग गर्नुभएको हो ।

इन्सेकले विज्ञप्तिमार्फत् डा. केसीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति चिन्तासमेत जाहेर गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ‘एमबीबीएस’ कार्यक्रम सञ्चालन, विभिन्न भ्रष्टाचारकान्डहरुको छानबिनलगायतका छबुँदे माग राखी चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसी १९औं अनशन बस्नुभएको शुक्रबार १८ दिन पूरा भएको छ ।

यस्तै, विज्ञप्तिमा कोभिड–१९ का कारण फैलिएको विश्वव्यापी महामारीको प्रतिकार्य गर्न सार्वजनिक स्वास्थ्य संरचनाको सुदृढीकरण र असल शासन आवश्यक देखिएको उल्लेख छ ।