Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


सामसङले पाँच वटा क्यामरा भएको स्मार्टफोन ल्याउने


0
Shares

काठमाडौं । विश्व बजारमा बेग्लै पहिचान बनाउन सफल सामसङले पाँच वटा क्यामरा भएको स्मार्टफोन ल्याउने भएको छ ।

‘सामसङ ग्यालेक्सी ए७२’ नामक स्मार्टफोन कम्पनीको पहिलो पेन्टा क्यामरायुक्त अर्थात् पाँच वटा क्यामरा सहितको स्मार्टफोन हुने छ।

२०२१ को मध्यतिर सार्वजनिक हुने उक्त स्मार्टफोन यस वर्ष सार्वजनिक गरेको ग्यालेक्सी ७१ पछिको उत्कृष्ट हुनेछ ।

सार्वजनिक भएका समाचारहरु अनुसार ग्यालेक्सी ए७२ मा ६४ मेगापिक्सेलको प्राइमरी क्यामरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा, तीन गुणा अप्टिकल जुमको हुनेछ।

यसमा ८ मेगापिक्सेलको टेलिफोटो क्यामरा, ५ मेगापिक्सेलको म्याक्रो क्यामरा र ५ मेगापिक्सेलको डेप्थ सेन्सर जस्ता नयाँ फिचर रहेको छ।

सेल्फीका लागि यस मोबाइलमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा पनि हुनेछ। सामसङ ग्यालेक्सी ए७२ पाँच वटा क्यामरा फिचर भएको पहिलो स्मार्टफोन भने होइन।