इतिहासकै खराब टिभी बहसमा उत्रिए ट्रम्प र बिडेन, बारम्बार ट्रम्पको हस्तक्षेपले कार्यक्रममै भयो विवाद • Image Khabar Image Khabar


इतिहासकै खराब टिभी बहसमा उत्रिए ट्रम्प र बिडेन, बारम्बार ट्रम्पको हस्तक्षेपले कार्यक्रममै भयो विवाद


Imagekhabar
१४ आश्विन २०७७, बुधबार १०:२७

us debate trump biden worst program tv debate

एजेन्सी, असोज १४ । अमेरिकी राष्ट्रपति पदका दुई उम्मेदवार डोनल्ड ट्रम्प र जो बाइडेनबीच इतिहासकै ‘खराब’ टिभी बहस भएको छ ।

बाइडेनलाई बोल्नै नदिने गरी हस्तक्षेपको तहमा उत्रिएपछि ट्रम्पलाई कार्यक्रम सञ्चालकले उँचो श्वर गरेर हकार्नु परेको थियो ।

ट्रम्पले कतिपय सन्दर्भमा प्रतिष्पर्धीप्रति सामान्य शिष्टाचारसम्म पनि देखाउनु भएन र टिभी बहसकै ‘सट अप’ चूप लाग् समेत भन्नुभएको टिप्पणी समाचार संस्थाहरुले गरेका छन् ।

अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावको सिलसिलामा पहिलो टेलिभिजन बहस गरिएको हो । र यो निकै नै अस्वस्थ्य ‘चर्काचर्की’ मा पुगेर टुंग्गियो ।

खास मुद्दामाथि बहस गरेर र उम्मेदवारको धारणा सार्वजनिक हुने अपेक्षा गरेका अमेरिकीहरुलाई मंगलबारको बहसले निराश पारेको टिप्पणी भएको छ ।

बहसकर्ता विषयवस्तुमा भन्दा विपक्षी उम्मेदवारको जवाफ सुन्ने धैर्य नगर्ने र बीच बीचमा चर्को श्वरमा हकार्ने जस्तो शैली उत्रिएका थिए ।

इतिहासकै खराब टिभी बहसमा उत्रिए ट्रम्प र बिडेन, बारम्बार ट्रम्पको हस्तक्षेपले कार्यक्रममै भयो विवाद

रिपब्लिकन उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार पूर्व उपराष्ट्रपति जो बाइडेन निर्वाचनको दौरानमा पहिलो पटक आमनेसामने हुनुभएको हो ।

टेलिभिजन बहसको सञ्चालन भने फक्स न्यूजका क्रिस वालसले गर्नुभएको थियो ।

बहसमा कोरोना भाइरसको महामारी, सर्वोच्च अदालत, रंगभेद, अर्थतन्त्र, जलवायु परिवर्तन तथा चुनावी स्वतन्त्रतालगायतका विषयमा राखिएको थियो ।

अमेरिकी सञ्चारमाध्यमहरुले यसलाई बहस नमानेर ‘झगडा’ जस्तो भएको र त्यसको कारण ट्रम्पको हस्तक्षेपकारी शैली कारक रहेको उल्लेख गरेका छन् ।

बाइडेनले मतदातालाई जसरी सहज हुन्छ त्यसैगरी मतदान गर्न अपिल गर्दै नतिजा जस्तो आए पनि स्वीकार्ने बताउँदा ट्रम्पले भने जस्तो परिणाम आए पनि स्वीकार्ने प्रतिबद्धतासम्म पनि जनाउनु भएन ।

अर्बौपतिका मालिक ट्रम्पले डेढ दशकयता दश वर्ष कर नै नतिरेको र तिरेको वर्ष पनि जम्मा ७५० डलर कर तिरेको भन्दै समाचार सार्वजनिक भएलगत्तै गरिएको टिभी बहसमा भने ट्रम्पले आफूले दशौँ लाख कर तिरेको दाबी गर्न भ्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्