प्रिमियर लिगः लिभरपुलको लगातार तेस्रो जित « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


प्रिमियर लिगः लिभरपुलको लगातार तेस्रो जित


0
Shares

काठमाडौं । इग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार तेस्रो जित निकालेको छ ।

गएराति भएको खेलमा लिभपुरलले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

लण्डन क्लबविरुद्ध जित निकाल्दै लिभरपुलले नयाँ सिजनमा समेत शतप्रतिशत जितको नतिजालाई कायम राखेको छ ।

आर्सनलले लिगका सुरुवाती दुई खेलमा जित निकालेको थियो । लिभरपुलले भने शतप्रतिशत जितसहित ३ खेलमा ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

आर्सनल ६ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । लिग अन्तर्गत गएराति नै भएको खेलमा एस्टन भिल्लाले फुलह्यामलाई ३–० ले पराजित गरेको छ ।

पहिलो हाफमा दुई गोल गरेको एस्टन भिल्लाले दोस्रो हाफको सुरुमा थप एक गोल गरी जित निश्चित गरेको हो । एजेन्सी