२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटियो


0
Shares

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।

गए राति थप दुई जनाको शव भेटिएको हो । हिजो दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो ।

घरमुली ६० वर्षीय हुमबहादुर गाहा र उहाँकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको सूचना अधिकारी गिरीले जानकारी दिनुभयो ।

हिजो दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताउनुभयो ।

वर्षाका कारण बिहीबार खोजीकार्य हुन सकेको थिएन ।

हिजो बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीाको सक्रियतामा खोजीकार्य भएपछि शव भेटिएको हो ।