चुनावमा पराजित भएपनि सत्ताबाट सहजै नबाहिरिने ट्रम्पको चेतावनी, बाइडेनद्वारा आपत्ति • Image Khabar Image Khabar


चुनावमा पराजित भएपनि सत्ताबाट सहजै नबाहिरिने ट्रम्पको चेतावनी, बाइडेनद्वारा आपत्ति


Imagekhabar
९ आश्विन २०७७, शुक्रबार ०७:१७

चुनावमा पराजित भएपनि सत्ताबाट सहजै नबाहिरिने ट्रम्पको चेतावनी, बाइडेनद्वारा आपत्ति

काठमाडौं । चुनावमा पराजित भएपनि सत्ताबाट शान्तिपूर्ण बहिर्गमन नहुने राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी सार्वजनिक भएपछि डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले ट्रम्पको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

वाइडेनले चुनाव हार्ने देखेर ट्रम्पबाट उक्त अभिव्यक्ति आएको प्रतिक्रिया दिनुभएको छ ।

यसअघि सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचनका बेला पनि ट्रम्पले यस्तै विवादास्पद अभिव्यक्ति दिनुभएको थियो ।

कोरोनाको महामारीका कारण हुलाकमार्फत मतदान गर्ने तयारी भइरहेका बेला दोस्रो कार्यकालका लागि चुनावी मैदानमा रहनुभएका ट्रम्पले मत परिणाम आफ्नो प्रतिकूल आए सर्र्वोच्च अदालत पुग्ने चेतावनी दिनुभएको छ ।

निर्वाचनअघि धाँधली हुने भन्दै ट्रम्पले मतपरीणाम अस्वीकार गर्ने बताउनुभएको थियो ।

वाइडेनले अमेरिकी सरकार चुनावी मतपरीणामलाई कार्यान्वयन गर्न सक्षम रहेको बताउँदै ट्रम्पले हारे उनलाई ह्वाइट हाउसबाट हटाउने बताउनु भएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्