
काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्को सयुंक्त आयोजना तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ (एआइएन) र गैरसरकारी संस्था महासंघको सहयोगमा राष्ट्रभर ४१ औं सामाजिक सेवा दिवस मानाइएको छ।
“सामाजिक क्षेत्रः राष्ट्रको गौरव, आजको प्राथमिकता समृद्धि सुखको लागि सामाजिक रुपान्तरण र उध्यमशीलता” भन्ने नारासहित मनाइएको ४१ औं सामाजिक सेवा दिवसमनाइएको हो।
समाज कल्याण परिषद्का सदस्य सचिव पुस्कर खातीद्वारा संचालित कार्यक्रममा राष्ट्रिय आवश्यकता र हितका बिषयमा भएका छलफलहरुमा सरकारी र गैरसरकारी संघसंस्था तथा सरोकारवाला निकायका विज्ञ तथाप्रतिनिधिहरु सहभागी भएका थिए ।
समग्र विकासका लागि सामाजिक उद्यमशीलता, नेपालमा वैदेशिक सहयोगको प्रभावकारिता तथा कोभिड—१९ को महामारीका समयमा सामाजिक क्षेत्रको योगदानसहितको बिषयमा अन्तरक्रिया पनि भएको छ ।
भर्चुअल माध्यमबाट भएका ती अन्तरक्रियामा सामाजिक सञ्जालको प्रयोग गरी सहभागी र यसको प्रयोगकर्ताले सक्रिय सहभागिता जनाएका थिए ।
दिवसका अवसरमा आयोजित कार्यक्रममाबोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गरिवी हटाउने र जनताको मौलिक अधिकारलाई स्थापित गर्न सरकार लागिपरेको बताउनुभयो ।
कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले देशको विकासमा सामाजिक क्षेत्र एउटा प्रमुख आधारशिला भएको बताउनुभयो । साथै उहाँले राज्यको नीतिर सामाजिक क्षेत्रको मूल्य तथा मान्यता अनुरुप अघि बढ्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था र सामाजिक कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।
प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिकी सभापति निरु देवी पालले, समाज कल्याण परिषद्को नयाँ नेतृत्वले, सामाजिक क्षेत्रलाई बढि प्रभावकारी बनाउन राम्रो काम गर्ने संस्थाहरुलाई प्रोत्साहन गर्नका साथै नियमको उल्लंघन गरि समाज सेवाको आडमा गलत काम गर्नेलाई दण्डको दायरामा ल्याउन सुझाव दिनुभयो ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी सचिव यम कूमारी खतिवडाले पनि सामाजिक क्षेत्रलाई प्रोत्साहित र मर्यादित बनाउने तवरले अघि बढ्न सरकार केन्द्रित रहेको बताउनुभयो ।
सो अवसरमा एआइएनका अध्यक्ष अच्युत लुइटेलले समृद्ध मुलुक निर्माणका लागि सरकारका अतिरिक्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भूमिका अपरिहार्य रहने बताँउदै सामाजिक रुपान्तरण र कोभिड–१९ के नियन्त्रणमा सरकारको प्राथमिकता अनुसार स्वास्थ्यसहितका क्षेत्रमा काम गरिरहेके र अन्तराष्ट्रिय गैरसरकारी संस्थाले कम्तिमा दुई अर्ब रुपैंया सहयोग गर्ने निश्चित रहेको बताउनुभयो ।
गैरसरकारी संस्था महासंघका अध्यक्ष जितराम लामाले भन्नुभयो, “मुलुकलाई नयाँ ढंगले अघि बढाउन तथा सामाजिक परिवर्तन ल्याउन राष्ट्रिय गैर सरकारी संस्था सरकार, निजी क्षेत्र र अन्तराष्ट्रिय साझेदार संस्थाहरुसँग मिलेर अघि बढ्न तयार छ ।”
प्रतिक्रिया दिनुहोस्