विराटनगरमा कोरोना संक्रमणबाट ३७ वर्षीया महिलाको मृत्यु • Image Khabar Image Khabar


विराटनगरमा कोरोना संक्रमणबाट ३७ वर्षीया महिलाको मृत्यु


Imagekhabar
५ आश्विन २०७७, सोमबार १४:३४

विराटनगरमा कोरोना संक्रमणबाट ३७ वर्षीया महिलाको मृत्यु

विराटनगर, असोज ५ । कोरोना सङ्क्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको छ ।

ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा सोमबार बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताउनुभयो ।

उच्च रक्तचाप र कलेजोसम्बन्धी दीर्घ रोग भएकी महिलालाई गत भदौ २९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ३० गते मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।

उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । यससँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्