Logo ८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026


पीसीआर रिपोर्ट नेगेटिभ हुनेलाई मात्रै लुक्ला आउन अनुमति


0
Shares

सोलुखुम्बु । सोलुखुम्बुको विमानस्थल तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई जहाजमार्फत लुक्ला आउने सबै यात्रुको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने भएको छ ।

आजदेखि देशभरका हवाई उडान सुरुभएसंगै खुम्बु पासाङल्हमू गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीहरुलाई पीसीआर नेगेटिभ भएका यात्रुलाई मात्र उडान अनुमति दिन पत्र लेखेको हो ।

यसअघि पर्यटकीय सिजनमा निकै व्यस्त हुने विमानस्थल लुक्लामा तारा, सीता र समिट एयरका हवाईजहाज तथा हेलिकप्टरले दैनिक दर्जनौँ उडान गर्ने गरेका छन् ।

अब शुरु हुन लागेको अटम सिजनमा सगरमाथा क्षेत्रमा पदयात्रा तथा पर्वतारोहण हुने गर्दछ । अघिल्ला वर्षहरुमा यो समयमा दैनिक एक सय भन्दा बढी दैनिक उडान हुने गरेका थियो ।

तर यस वर्ष कोरोना कहरका कारण स्प्रिङ सिजन सुनसान भए पनि यस सिजनमा विमानस्थलमा सरकारले उडान खुला गरेपछि गाउँपालिकाले पीसीआर नेगेटिभ रिपोर्ट नभएकालाई उडान अनुमति नदिन अनुरोध गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले बताउनुभयो ।