पूर्व प्रधान न्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधन • Image Khabar Image Khabar


पूर्व प्रधान न्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधन


Imagekhabar
३१ भाद्र २०७७, बुधबार ०८:२९

पूर्व प्रधान न्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधन

काठमाडौं । पूर्व प्रधान न्यायाधीश अनिरुद्रप्रसाद सिंहको एक सय वर्षको उमेरमा निधन भएको छ । सिंहको हिजो बेलुका काठमाडौंको बत्तिसपुतलीमा निधन भएको हो ।

विक्रम संवा १९७६ मा जन्मिुनभएका सिंहको निमोनियाका कारण निधन भएको चिकित्सकहरुले जनाएका छन् ।

पहिले प्रधान न्यायालयका रुपमा काम कारबाही भइ रहेको अवस्थामा २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि प्रधान न्यायाधीशका रुपमा सिंहले न्यायालयको नेतृत्व गर्नु भएको थियो ।

उहाँले झापा गोश्वाराको हाकिमको रुपमा जागिरे जीवनको सुरुवात गर्नु भएको थियो ।

२०१३ सालमा सर्वोच्च अदालतकोे प्रधान न्यायाधीशको रुपमा नियुक्त हुनु भएका सिंहले करिब ३ वर्ष सर्वोच्च अदालतको नेतृत्व गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्