दैनिक गहुँत सेवन गर्छन अक्षय कुमार ! • Image Khabar Image Khabar


दैनिक गहुँत सेवन गर्छन अक्षय कुमार !


Imagekhabar
३१ भाद्र २०७७, बुधबार ०६:५७

दैनिक गहुँत सेवन गर्छन अक्षय कुमार !

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले आफू दैनिक रूपमा गहुँत पिउने गरेको खुलासा गरेका छन् ।

‘इन टु द वाइल्ड’ कार्यक्रमका प्रस्तोता बेयर ग्रिल्ससँगको एक इन्स्टाग्राम लाइभ सेसनमा अक्षयले आफूले दैनिक रूपमा गहुँत पिउने गरेको बताएका हुन् ।

ग्रिल्स, अक्षय कुमार र उनको बेलबटमका को–स्टार हुमा कुरैशीसँग एक इन्स्टाग्राम लाइभ सेसनमा सहभागी भएका थिए ।

द वाइल्ड स्पेशल एपिसोडको शूटिंगको बारेमा कुरा गर्दै जाँदा हुमाले हात्तीको गोबरबाट बनेको पेय पदार्थ पिउँदाको चुनौतीको बारेमा प्रश्न सोधिन् जुन उनीहरू शोको प्रोमोमा पिइरहेका थिए ।

आयुर्वेदिक कारणले आफू दैनिक गहुँत पिउँने गरेको हुँदा आफ्नो लागि यो सामान्य नै रहेको अक्षयले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्